बुधबार, पुस ९, २०८२

नापी कार्यालयको बोर्डमा 'आइ लभ यु प्रमिला'

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

रुकुम पश्चिम जिल्लाको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ। कार्यालयको डिजिटल बोर्डमा ‘i love u parmila, i really love you’ लेखिएको छ।

National life

नगरपालिकाका सूचना अधिकारी इन्द्रबहादुर बिष्टले यसबारेमा अनुसन्धान भइरहेको बताएका छन्। जिल्ला प्रशासन कार्यालयलाई यसको जानकारी दिइएको छ।

केही समययता सरकारी कार्यालयका डिजिटल बोर्ड ह्याक भइरहेका छन्।

केही दिनअघि भरतपुरस्थित विद्युत प्राधिकरणको कार्यालयको बोर्डमा पनि प्रधानमन्त्री विरुद्धको नारा देखिएको थियो ।

प्रकाशित: Mar 30, 2025| 11:11 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्