बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विश्व बैंकले स्वीकृत गर्‍यो २० अर्ब ४० करोड ऋण, पुल सुधारमा खर्च गरिने

विश्व बैंकले स्वीकृत गर्‍यो २० अर्ब ४० करोड ऋण, पुल सुधारमा खर्च गरिने

 |  आइतबार, चैत १७, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

vianetvianet

काठमाडौं- विश्व बैंकले तेस्रो पुल सुधार र मर्मत कार्यक्रमका लागि २० अर्ब ४० करोड रुपैयाँ दिने भएको छ।

Kumaribank

बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय सहायता प्याकेज आज स्वीकृत गरेको छ। यो रकम नेपालको रणनीतिक सडक सञ्जालका पुलहरूको मर्मत र बलियो बनाउन प्रयोग हुनेछ। वासिङ्टन डिसीस्थित विश्व बैंकको मुख्य कार्यालयले यो जानकारी दिएको छ।

नेपालका पुलहरूले दुर्गम र सहरी समुदायलाई जीवनयापन, स्वास्थ्य, शिक्षा, आर्थिक अवसर र आधारभूत सेवाहरूसँग जोड्न ठूलो भूमिका खेल्छन्।

बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक तथा जलवायुजन्य जोखिमले यस्ता संरचनामा असर गर्ने भएकाले तिनलाई बलियो बनाउन यो सहायता स्वीकृत भएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Mar 30, 2025| 10:59 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्