बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेविसंघ तदर्थ समितिमा पौडेल पक्षको दाबीः ४५ जनाले दिए राजीनामा

नेविसंघ तदर्थ समितिमा पौडेल पक्षको दाबीः ४५ जनाले दिए राजीनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौंः तदर्थ समिति तत्काल गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघका दुई सहमहामन्त्रीसहित ४५ केन्द्रीय सदस्यले आइतबार पदबाट राजीनामा दिएका छन् । सहमहामन्त्री हरिहर शर्मा र ललिता सुनारको नेतृत्वमा उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । यी सबै नेता रामचन्द्र पौडल निकटका मानिन्छन् । उनीहरूले संघको तदर्थ समितिको नेतृत्व आफूहरूले गर्न पाउनुपर्ने दाबी गरेका छन् ।

मंसिर २ गते दुई महिनाका लागि थपिएको संघको कार्यसमितिको कार्यकाल माघ २ मा सकिँदैछ । त्यतिबेला संघको महाधिवेशन गर्ने जिम्मेवारीसहित संघको कार्यकाल थप गरिएको थियो । थपिएको म्यादभित्र संघको महाधिवेशन हुने संकेत देखिएन । अहिलेसम्म कुनै जिल्लामा पनि अधिवेशन हुन सकेको छैन । अब संघको तदर्थ समिति गठन गरी महाधिवेशन गर्नुको विकल्प छैन ।

राजीनामा दिने विद्यार्थी नेताहरुमा भोला नेपाल, पवन नेपाली, कल्पना खड्का, आरसी भट्टराई, शारदा लामा, पम्फा गान्धारी, सुनिता पोखरेल, सागर प्रसाईं, तेज बानियाँ, उज्ज्वलराम घिमिरे, गणेश भट्ट, देवराज जोशीलगायत छन् । यसअघि गत शुत्रलबार पार्टी सभापति देउवा निकट मानिने महामन्त्री सरोज थापालगायत ५ जनाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेको भन्दै शुक्रबार राजीनामा बुझाएका थिए ।

आफूलाई लोकतन्त्रको पहरेदार दाबी गर्ने कांग्रेस प्रमुख भ्रातृ संगठन नेविसंघ लामो समयदेखि नेताहरूको गुटबन्दीको मारमा पर्दै आएको छ । गुटबन्दीकै कारण संघको महाधिवेशन समयमै हुन नसक्दा विद्यार्थी राजनीतिबाट अघि बढ्ने युवाकोे चाहनामा अवरोध भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।