बिहीबार, असार ४, २०८३

जरिवानाको चिठी पुर्‍याउन निर्मल निवास पुग्यो नगर प्रहरी

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र निर्मल निवासमा लगेर बुझाएको छ।

National life

कार्यालय खुल्नेबित्तिकै महानगर प्रहरीले निर्मल निवासमा पुगेर जरिवानाका पत्रहरू बुझाएको हो।

महानगरले विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र काट्दै शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै महानगरले जरिवाना तोकेको हो ।

शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो। सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए।

राजावादी समर्थकहरू उग्र बन्दा शुक्रबार दिनभर तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो।

Shivam cement

प्रकाशित: Mar 30, 2025| 10:47 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्