मंगलबार, साउन १९, २०८३

अर्कोलाई साइड दिँदा चार सय मिटर तल खस्यो गाडी, एक जनाको मृत्यु

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

काठमाडौंको नागार्जुन नगरपालिका–८ मा शनिबार राति खसीबोका बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्र ३–०१–०२४ च ८३२२ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खस्दा एक जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार धादिङबाट काठमाडौं आउँदै गरेको गाडी अर्को गाडीलाई साइड दिने क्रममा सो गाडी दुर्घटनामा परेको हो। मृतक गोरखाको भिमसेन–४ का ५० वर्षीय गोकुल पाण्डे हुन्।

गोरखाकै चालक ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीया रामजी भट्ट घाइते भएका छन्। मियाको मनमोहन अस्पताल र भट्टको भिमढुंगा मेडिकलमा उपचार भइरहेको छ। ्

प्रकाशित: Mar 30, 2025| 10:38 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्