NadaNada
सोमबार, भदौ २, २०८२

सांसद राणासहितलाई अदालत उपस्थित गराउने तयारी

 |  आइतबार, चैत १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

vianetvianet

काठमाडौं- तीनकुनेमा शुक्रबार हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशम्शेर जबरा लगायतलाई आज अदालतमा उपस्थित गराइने भएको छ।

राप्रपाका दुई नेता, अधिवक्ता स्वागत नेपाल, धर्मगुरू पुष्कर खतिवडालगायतलाई म्याद थपका लागि अदालत लगिने भएको हो। मिश्र, राणा र नेपाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको थियो।

खतिवडा भने शनिबार पक्राउ परेका हुन्। पक्राउ परेकाहरूलाई राज्यविरूद्धको अपराध कसुरमा मुद्दा चलाउने तयारी छ। ज्यान मार्ने उद्योग, आगजनी, संगठित अपराध, हिंसात्मक गतिविधि कसुर आकर्षित हुने र तिनै कसुरमा मुद्दा चलाउन सकिने प्रहरीको निष्कर्ष छ।

शुक्रबार दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भएको प्रदर्शनपछि तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा तोडफोड र आगजनी भएको थियो। त्यस क्रममा दुई जनाको ज्यान गएको छ।

प्रकाशित: Mar 30, 2025| 10:34 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्