मंगलबार, साउन १९, २०८३

पूर्व-पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

कञ्चनपुर- यहाँ पर्ने पूर्व-पश्चिम राजमार्गलाई खाल्डाखुल्डीरहित बनाउने कार्य अगाडि बढेको छ। जिल्लास्थित सडक डिभिजन कार्यालयले राजमार्गमा पटके मर्मत तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रियामार्फत काम अगाडि बढाएको हो।

जिल्लाको बेदकोट नगरपालिकाको दैजीबाट कैलालीको अत्तरियासम्मको ३४ किलोमिटर सडक मर्मत र स्तरोन्नति गर्न ६९ लाख २९ हजार बजेटमा एमएस निर्माण सेवा गुरुखोला बैतडीलाई ठेक्का दिइएको छ। ठेक्का सम्झौताअनुसार आगामी जेठ मसान्तभित्र राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्ने, स्तरोन्नति गरी कालोपत्र गरी सक्नुपर्ने सडक डिभिजन कार्यालयका सूचना अधिकारी हरिशप्रसाद जोशीले बताए।

राजमार्ग क्षेत्रमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको छ। सोको न्यूनीकरण गर्न र यात्रा सहज बनाउन पहल थालेका छौँ, उनले भने, सवारीसाधन गुडाउनका लागि हुने समस्या निराकरणका लागि पटके मर्मतको कार्य अगाडि बढाएका हौँ। राजमार्गलाई खाल्डाखुल्डीरहित बनाउने उद्देश्यले कार्य भइरहेको उनको भनाइ छ।

प्रकाशित: Mar 30, 2025| 10:04 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्