बुधबार, पुस ९, २०८२

म्यानमार भूकम्पका मृतकको संख्या १६ सय ४४ पुग्यो

 |  शनिबार, चैत १६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत १६, २०८१

शुक्रबारको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय ४४ पुगेको म्यानमारको सैन्य परिषद्ले जनाएको छ।

National life

भूकम्पबाट घाइते हुनेको संख्या बढेर ३४ सय ८ पुगेको र १३९ जना अझै बेपत्ता रहेको बताइएको छ। 

यसअघि म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लाइङले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताएका थिए।

भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको शहर मन्डलेमा ६९४ भन्दा बढीको मृत्यु भएको छ। राजधानी नेपिडमा ९४ जनाको मृत्यु भएको छ।

म्यानमारमा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको तीव्रता ७.७ थियो। यस भूकम्पको धक्का छिमेकी देश थाइल्याण्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो। 

Laxmi sunrise bank
kumari

थाइल्याण्डमा भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने १०० जना कामदार बेपत्ता छन्।

 सयौं माइल टाढा थाइल्याण्डको राजधानी बैंककमा निर्माणाधीन ३० तले भवन भूकम्पका कारण भत्कियो। धेरै कामदार अझै पनि यसमा फसेको सम्भावना छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार म्यानमारमा पहिलो भूकम्प गएको १२ मिनेटपछि दोस्रो भूकम्प गएको थियो। दोस्रो भूकम्पको तीव्रता ६.४ थियो। यस भूकम्पको केन्द्रबिन्दु सागाइङबाट १८ किलोमिटर दक्षिणमा थियो।

म्यानमारको दोस्रो ठूलो शहर मन्डलेका एक उद्धारकर्मीले बीबीसीलाई बताएअनुसार भूकम्पले ठूलो विनाश निम्त्याएको छ र सयौं मानिसको मृत्यु भएको आशंका गरिएको छ।

समाचार एजेन्सी एपीका अनुसार अमेरिकी भूगर्भ सर्वेक्षण र जर्मनीको जीएफजेड सेन्टर फर जियोसाइन्सले भूकम्पको केन्द्रबिन्दु म्यानमारमा रहेको बताएका छन्।

एजेन्सीका अनुसार थाइल्याण्डको राजधानी बैंककमा पनि भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको छ र त्यहाँका धेरै भवनहरू खाली गराइएको छ।

प्रकाशित: Mar 29, 2025| 21:28 शनिबार, चैत १६, २०८१
प्रतिक्रिया दिनुहोस्