काठमाडौं- शुक्रबार राजावादीहरुको प्रदर्शनका क्रममा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नुवाकोटको विदुर गाउँपालिका- ६ घर भई हाल कोटेश्वर बस्ने ४३ वर्षीया सुशीला कुमाल, धरान घर भई हाल कोटेश्वर बस्ने ४१ वर्षीया एलिसा राई र कोटेश्वर बस्ने ७० वर्षीया बालकुमारी कार्कीलाई पक्राउ गरिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका- ८ घर भई कोटेश्वर बस्ने ३७ वर्षीया निर्मला कार्की, सिन्धुलीको लामुनटार गाउँपालिका- ७ बस्ने १५ वर्षीया चित्रमाया बस्नेत र सिन्धुलीकै तीनपाटन गाउँपालिका- १६ १७ वर्षीया सुस्मिता बराललगायतलाई कोटेश्वर नरेफाँटबाट पक्राउ गरिएको छ।