बुधबार, पुस ९, २०८२

सहयोगी समातिए, दुर्गा प्रसाईंको खोजी जारी

 |  शनिबार, चैत १६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत १६, २०८१

काठमाडौं- तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं निकट एक युवक पक्राउ परेका छन्।

National life

शनिबार काठमाडौं प्रहरी परिसरको टोलीले दुर्गा प्रसाईंका सहयोगी महेन्द्रराज भण्डारीलाई पक्राउ गरेको हो। भण्डारीलाई बालाजुबाट पक्राउ गरिएको हो।

शुक्रबारको आन्दोलनमा दुर्गा प्रसाईंसँगै भण्डारी पनि गाडीमा हिँडेका थिए। दुर्गा प्रसाईं भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले बताएको छ।

प्रसाईंका अर्का निकट व्यक्ति पुस्कर खतिवडा पनि आज नै पक्राउ परेका छन्।

तीनकुने घटनामा अहिलेसम्म १११ जना पक्राउ परेका छन्। तीनकुनेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो। एभिन्युज टेलिभिजनका भिडिओ पत्रकार सुरज रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो।

Laxmi sunrise bank
kumari

शुक्रबार एक सय पाँच जनालाई पक्राउ गरिएको थियो भने आज थप छ जना पक्राउ परेका हुन् । प्रहरी परिसर काठमाडौंले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले नौ, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोङ्गबुले तीन, प्रहरी वृत्त बालाजुले एक, प्रहरी वृत्त सिंहदरबारले दुई जनालाई पक्राउ गरेको छ।

उक्त घटनामा दुई जनाको मृत्यु भएको जनाउँदै प्रहरी प्रवक्ता बोहराले नेपाल प्रहरीतर्फ ५५, सशस्त्र प्रहरीतर्फ २२ र प्रर्दशनकारीतर्फ ५१ जना घाइते भएका छन्। तीमध्ये प्रहरी र प्रदर्शनकारीसहित २१ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको काठमाडौं प्रहरीले जनाएको छ ।

व्यक्तिगत र सरकारी कार्यालय गरी १८ वटामा तोडफोड भएको छ । विभिन्न १२ ठाउँमा आगजनी तथा एक ठाउँमा तोडफोड तथा लुटपाट भएको छ । 

प्रहरीतर्फ छ, सरकारी कार्यालयको चार, विवरण नखुलेको छ गाडी तथा विवरण नखुलेको स्कुटर र मोटरसाइकलसहित छ वटामा तोडफोड भएको छ । केही गाडी जलाइएको छ।

प्रकाशित: Mar 29, 2025| 20:48 शनिबार, चैत १६, २०८१
प्रतिक्रिया दिनुहोस्