मंगलबार, साउन १९, २०८३

त्रिविका उपकुलपति बरालले एक वर्षमै दिए राजीनामा

 |  शनिबार, चैत १६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत १६, २०८१

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएका हुन्।

उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। राजीनामा स्वीकृत भने भएको छैन।

बराल गत वर्ष फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपति नियुक्त गरेका हुन्।

प्रकाशित: Mar 29, 2025| 19:32 शनिबार, चैत १६, २०८१
प्रतिक्रिया दिनुहोस्