बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

व्यावसायिक कृषिले फेरिएको जीवन

कृषिमा कम भविष्य देख्नेका लागि यहाँका कृषक उदाहरणीय बन्न थालेका छन्। यहाँका कृषकले कृषि व्यवसायमार्फत लाखौं आम्दानी गर्न सफल भएका छन्।
 |  सोमबार, साउन ३२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

भोजपुर- कृषिमा कम भविष्य देख्नेका लागि यहाँका कृषक उदाहरणीय बन्न थालेका छन्। यहाँका कृषकले कृषि व्यवसायमार्फत लाखौं आम्दानी गर्न सफल भएका छन्। 

himalayan bank box

पछिल्लो समय यहाँका कृषि उपजले बाहिरी जिल्लाका बजारमासमेत स्थान पाउन थालेको छ। सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन्। अकबरे खुर्सानी तरकारी तथा फलफूल धरान, विराटनगर तथा काठमाडौंलगायत सहरमा पुग्न थालेका छन्। 

सडकको सहज पहुँच भएका स्थानका कृषकको फार्मबाट नै सोझै कृषि उत्पादन बाहिरी जिल्लामा जाने अवस्था बनेको छ। यसबाट व्यवसायलाई थप राहत पुगेको भोजपुर नगरपालिकाकी कृषक सङ्गीता श्रेष्ठले जानकारी दिइन्। उनले भनिन्, 'मैले केही वर्षबाट व्यावसायिकरुपमा अकबरे खुर्सानीको खेती गर्दै आएकी छु। बजारमा यसको राम्रो माग छ। अहिले हाम्रो उत्पादन जिल्लासँगै धरान, विराटनगर, काठमाडौंलगायत स्थानमा जाने गरेको छ। सडकको सहज पहुँचका कारण फार्मबाट बेच्न पाएका छौं।'

त्यस्तै रामप्रसाद राई गाउँपालिकाका कृषक खेलबहादुर कार्कीले पनि पाँच रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको खेती गर्दै आएका छन्। उनले स्थानीय बजारमा प्रतिकेजी २५० देखि ३०० सम्ममा खुर्सानी बेच्न गरेको जानकारी दिए। उनले भने, 'खुर्सानी तथा तरकारीखेतीबाट राम्रो आम्दानी लिन सकिन्छ। बजारको मागलाई पूरा गर्न नै समस्या छ। तर, यस वर्ष मेरो भने ढुसीलगायतका रोगका कारण केही खुर्सानीका बोटमा क्षति भयो। राम्रै आम्दानी गरिरहेको छु।'

टेम्केमैयुङ गाउँपालिका- ८ गोगने सल्लेनीका कृषक शम्भु नेपालले २२ रोपनी क्षेत्रफलमा ड्रागन फलको व्यावसायिक खेती गरिरहेका छन्। कृषक उहाँले अहिले २२ रोपनी क्षेत्रफलमा ड्रागन फल र १८ रोपनी क्षेत्रफलमा कागतीको व्यावसायिक खेती गरिरहेका छन्। उनले एक हजार बोट कुरिलो, एभोकाडोलगायतका बिरुवासमेत लगाएका छन्।  

Metro Mart
vianet

उनले दानाबोटे फलफूल तथा कृषि फार्ममा अहिले एक हजार ५०० बढी पिलरमा ड्रागन फल लगाएका छन् भने दुई हजार ५०० पिलर पुर्‍याउने लक्ष्यका साथ खेतीलाई थप विस्तार गरिरहेको उनले बताए। उनले तीन वर्षअघिबाट जिल्लामा पहिलो पटक ड्रागन फलको व्यावसायिकखेती गर्न थालेको बताए। अहिले उनको फार्ममा रहेको ड्रागनले फल दिन थालेको छ।

उनले भने, 'म २२ वर्षपछि पुनःगाउँ फर्केर व्यावसायीक कृषिमा लागेको छु, अहिले मैले ४० रोपनी बढी क्षेत्रफलमा ड्रागन फलसँगै कागतीको व्यावसायिक खेती गरिरहेको छु, सुरुमा गाउँमा फर्केर आएर व्यावसायिकरुपमा खेती गर्दा यहाँका साथीले धेरै थरीका कुरा गरे, बौलायो भने पैसा धेर भएर यस्तो गर्दैछ भने तर अहिले मैले ड्रागनको खेती गरेको देखेर अन्य साथीले पनि  खेती गर्दै आएका छन्।'

उनले ड्रागन फलको खेतीका लागि मात्र हालसम्म १५ लाख बढी खर्च गरिसकेको बताए। अरुण गाउँपालिका- ६ जरायोटारका प्रेमकुमार राईले पनि एभोकाडोको व्यावसायिक खेती सुरु गरेका छन्। करिब पाँच वर्ष विदेश बसेर आएका उनले आफ्नै देशमा केही गर्ने उद्देश्यले एभोकाडोको व्यावसायिक खेती सुरु गरेको बताए। 

उनका फार्ममा अहिले एक हजार ६०० बढी एभोकाडोको बिरुवा छन्। एभोकाडो प्रतिकेजी ३०० देखि ५०० सम्ममा बिक्री हुने गरेको उनको भनाइ छ। वार्षिकरुपमा ३० लाखसम्म आम्दानी लिने लक्ष्य राखिएको छ। उनले भने, 'विदेशमा धेरै समय बसे, त्यहाँ धेरै दुःख गरियो, तर सोचेअनुसारको आम्दानी गर्न सकिएन अहिले आफ्नै ठाउँमा व्यावसायिक एभोकाडो (घ्यू फल) खेतीमा लागेको छु। मेरो वार्षिक ३० लाख आम्दानी लिने लक्ष्य छ।'

सरकारले कृषकलाई प्रोत्साहन गर्ने विभिन्न खालका कार्यक्रम सञ्चालनमा ल्याएसँगै यसतर्फ कृषकको आर्कषण बढेको देखिन्छ। जिल्लामा यस वर्ष कृषि ज्ञान केन्द्रमार्फत ६ करोड ५६ लाख १७ हजार तथा भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत पाँच करोड ३३ लाख ७७, हजार बराबरको कार्यक्रम सञ्चालन हुने जनाइएको छ। 

पकेट, ब्लक जस्ता अन्य विभिन्न कार्यक्रममार्फत कृषकलाई व्यवसायमा लाग्न प्रोत्साहन गर्ने भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सङ्खुवासभा र भोजपुरका प्रमुख हिमालय पोखरेलले जानकारी दिए। 

प्रमुख पोखरेलले भने, 'पछिल्लो समय फार्म नै दर्ता गरेर कृषि तथा पशुपालन व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ। यसबाट धेरै कृषकले आफ्नो आयस्रोतमा वृद्धि गरेका छन्। यस वर्ष पनि कृषक लक्षित कार्यक्रम सरकारले सञ्चालनका लागि बजेट पठाएको छ । यसबाट अझै धेरै कृषकलाई लाभ पुग्ने देखिन्छ।'

कृषि ज्ञान केन्द्रमार्फत नमूना कृषि फार्म, सुन्तला बगैंचा व्यवस्थापन, खाद्यान्न फलफूल, तरकारीखेती विस्तार, पशु सेवाअन्तर्गत च्यापकटर वितरण, बाख्रापालन, भेडापालन, अण्डा उत्पादन, बङ्गुरपालनलगायतका कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

केन्द्र प्रमुख योगेन्द्रप्रसाद यादवले भने, 'विगत वर्षबाट नै कृषक प्रोत्साहनमूलक धेरै कार्यक्रम सञ्चालन भइरहेका छन्। यहाँका धेरै कृषकले व्यावसायिक कृषिबाट राम्रो आम्दानी गर्दै आएका छन्। यहाँका उत्पादन अहिले बाहिरी बजारमा जान थालेको अवस्था छ। हामीले विभिन्न स्थानीय तहमा पकेट क्षेत्र तथा ब्लक निर्माण गरेर कार्यक्रम सञ्चालन गर्दै आएका छौं। यसले पनि कृषकलाई उत्साह थपेको छ।'

कार्यक्रममार्फत यस वर्ष जिल्लामा सञ्चालन हुने योजनाको विषयबस्तुकाबारेमा समेत राय सुझाव सङ्कलन गरिएको छ। सरकारले कृषक लक्षित विभिन्न योजना सञ्चालन गरे पनि वास्तविक कृषकसम्म पुग्न नसकेको सहभागीले गुनासो गरेका छन्। सञ्चालित योजनाको अवस्थाका बारेमा समेत नियमित अनुगमन गर्नुपर्ने धारणासमेत राखेका छन्। 

सरकारले कृषि तथा पशुपालनमा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा ल्याएसँगै यस क्षेत्रमा युवाकोसमेत आकर्षण बढेको छ। कतिपय कानूनी जटिलता तथा पहुँचका आधारमा अनुदान वितरण हुँदा लक्षित कृषकसम्म पुग्न नसेकाले यसतर्फ सजक हुन सरोकारवाला पक्षले सुझाव दिएका छन्। रासस

प्रकाशित: Aug 16, 2021| 12:34 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।