बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ज्ञानेन्द्र शाहलाई बालेन शाहको पत्र- तोडफोड र फोहोरको जरिवाना तिर्नू

ज्ञानेन्द्र शाहलाई बालेन शाहको पत्र- तोडफोड र फोहोरको जरिवाना तिर्नू

 |  शनिबार, चैत १६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत १६, २०८१

काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेकोलगायत विभिन्न शीर्षकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको छ।

National life

ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाडौंका नाममा महानगरका ८ जना नगर प्रहरीले शनिबार ८ वटा बेग्लाबेल्लै पत्र काटेर कुल ७ लाख ९३ हजार जरिवाना तोकेका हुन्।

दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। 
प्रदर्शनकारीहरूले निजी घरमा तोडफोड र आगजनी गरेका थिए। आगो निभाउन गएको काठमाडौं महानगरको दमकललाई पनि ढुंगा प्रहार गरेका थिए। 

प्रदर्शनकारीहरूले महानगरका विभिन्न संरचना, दमकल, अग्नि नियन्त्रकहरूमाथि प्रहार गरेकोमा महानगरले पूर्वराजा शाहलाई जरिवाना लगाउने निर्णय गरेको हो।

शनिबार काठमाडौं महानगरपालिकाको टोलीले तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेको थियो। उक्त विवरण संकलन गरी लाग्‍ने खर्च र सरसफाइको शुल्क पनि पूर्वराजा शाहबाटै असुल गराउने निर्णय भएको हो।

Shivam cement

प्रदर्शनकारीहरूले पार्टी कार्यालय, निजी घर, सुपरमार्केट, सञ्चार गृह, जडिबटी प्रशोधन केन्द्र र सरकारी गाडीमा आगजनी गरेका थिए।

गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा त्रिभुवन विमानस्थलदेखि स्वागत र प्रदर्शनका क्रममा फोहोर र महानगरका संरचनामा क्षति पुर्‍याएकोमा राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। सांसद ज्ञानेन्द्र शाहीले महानगरमा पुगेर जरिवाना तिरेका थिए।

त्यसअघि महानगरले दरबारमार्गमा कार्यक्रम गरेको नेकपा (एमाले) लाई पनि एक लाख रुपैयाँ जरिवाना तोकेको थियो।

प्रकाशित: Mar 29, 2025| 19:20 शनिबार, चैत १६, २०८१
प्रतिक्रिया दिनुहोस्