मंगलबार, साउन १९, २०८३

मिश्र, राणा र नेपाल पक्राउ, प्रसाईं फरार

 |  शनिबार, चैत १६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत १६, २०८१

काठमाडौं- राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबरा तथा स्वागत नेपाल पक्राउ परेका छन्।

शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। 

राजसंस्था पुनर्स्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ। राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं भने अझै पक्राउ परेका छैनन्। शुक्रबार साँझबाट नै प्रहरीले उनलाई खोजी गरिरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली प्रसाईंलाई पक्राउ गर्न खटिएको छ । 

सामाजिक सञ्जाल फेसबुकमा प्रहरीले जहाँ भन्छ त्यहीँ आउने बताएका प्रसाईं मोबाइल स्वीचअफ गरेर फरार छन्। 

प्रकाशित: Mar 29, 2025| 07:52 शनिबार, चैत १६, २०८१
प्रतिक्रिया दिनुहोस्