बिहीबार, असार ४, २०८३

तीनकुने क्षेत्रको कर्फ्यु हट्यो 

 |  शनिबार, चैत १६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत १६, २०८१

काठमाडौं- काठमाडौंको तीनकुने क्षेत्रको कर्फ्यु हटेको छ।

National life

शुक्रबार अपराह्न  ४:२५ देखि तीनकुनेमा चार किल्ला तोकेर जारी भएको कर्फ्यु आदेश शनिबार बिहान ७ बजेपछि हटेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बिहान ७ बजेसम्म जारी भएको कर्फ्यु आदेश स्थगत गरिएको जानकारी दिएको छ।

शुक्रबार तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पहिलो चरणमा अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको थियो।

राति १० बजेपछि कर्फ्यु आदेशको अवधि बढाएर शनिबार बिहान ७ बजेसम्म पुर्‍याइएको थियो।

Shivam cement

गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरदेखि बालकुमारी पुल, बानेश्वरदेखि शंखमुल पुल, गौशालाचोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी भएको थियो।

प्रकाशित: Mar 29, 2025| 07:37 शनिबार, चैत १६, २०८१
प्रतिक्रिया दिनुहोस्