मंगलबार, साउन १९, २०८३

कर्फ्युको समय शनिबार बिहानसम्म थपियो

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय थपेको छ। 

शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको हो।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो।

प्रदर्शनकारीहरूले निजी घर, गाडी, मिडिया हाउस र दलका कार्यालयमा आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु जारी गरिएको हो।

कर्फ्यु लगाइएको क्षेत्रभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाउने छैन।

कर्फ्यु लगाइएको क्षेत्र
• गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर
• कोटेश्वरदेखि जडिबुटी पुल
• कोटेश्वरबाट बालकुमारी पुलसम्म
• बानेश्वर चोकदेखि शंखमूल पुलसम्म
• गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म

प्रकाशित: Mar 28, 2025| 22:04 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्