मंगलबार, साउन १९, २०८३

रास्वपा प्रमुख सचेतक परियार चढेको गाडीमा आगजनी

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आज राजावादी आन्दोलनकारीले आगजनी गरेका छन्।

बालकुमारीस्थित सीसीआरसी कलेज अगाडि गाडी रोकेर आन्दोलनकारीले जलाइदिएका हुन्।

बेलुकी कर्फ्यु लागेपछि परियार भित्री बाटो प्रयोग गरेर भक्तपुरस्थित आफ्नो निवासमा जाँदै थिए। चालक र परियारलाई बाहिर निकालेर प्रदर्शनकारीले गाडी जलाएका थिए।

प्रकाशित: Mar 28, 2025| 19:15 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्