मंगलबार, साउन १९, २०८३

भूकम्पले ढल्यो ३० तले भवन, फसे ४३ श्रमिक

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

म्यानमारमा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण बैंककमा निर्माणाधीन ३० तले भवन ढल्दा ४३ जना श्रमिक फसेका छन्।

बैंककको उत्तरी भागमा रहेको यो भवन भूकम्पका कारण केही सेकेन्डमा भग्नावशेषमा परिवर्तन भएको भिडियो सार्वजनिक भएको छ।

थाई अधिकारीहरूले बैंककमा आपत्कालीन अवस्था घोषणा गरेका छन्।  भूकम्पपछि बैंककका विभिन्न भवनहरूमा क्षति पुगेको बताइएको छ।

शुक्रबार दिउँसो सागिङ शहरको उत्तर पश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ। त्यसको केही मिनेटमै सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

 

प्रकाशित: Mar 28, 2025| 15:57 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्