बिहीबार, असार ४, २०८३

निजी सम्पत्तिमा आक्रमण नगर्न दुर्गा प्रसाईंको अपिल

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शनमा निजी सम्पत्ति तोडफोड नगर्न आग्रह गरेका छन्।

National life

तीनकुनेको प्रदर्शन ध्वंसात्मक बनेपछि उनले फेसबुकमार्फत निजी सम्पत्तिमा आक्रमण नगर्न आग्रह गरेका हुन्।

‘साथीहरू आज यो नालायक सरकारले हाम्रो मुख थुन्न खोज्यो। हामी शान्तिपूर्ण रूपमा कार्यक्रमस्थल जाँदै गर्दा हामी नपुग्दै प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो। लाठीचार्ज गर्‍यो। अझै तीनकुनेका घर-घरमा लुकेर प्रहरीले अश्रुग्यास प्रहार गरी हामीलाई कार्यक्रम सुरूसम्म गर्न दिएन,’ उनले भनेका छन्, ‘मैले सुन्दैछु– मलाई यो सरकारले बाकी नराख्ने योजना बुन्दै छ, म रहुँला नरहुँला आन्दोलन नरोकियोस, यो व्यवस्था फेरेर मात्र यो अभियानले शान्तिको सास फेर्नेछ।

उनले प्रहरीकै दमनका कारण निजी सम्पत्तिमा क्षति पुगेको बताएका छन्। कैयौं आन्दोलनकारी र प्रहरीहरू घाइते भएको उनले दाबी गरेका छन्।

‘यसप्रति दुःख व्यक्त गर्दै घाइते साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। साथै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु,’ उनले भनेका छन्।

Shivam cement

प्रकाशित: Mar 28, 2025| 15:45 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्