NadaNada
सोमबार, भदौ २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कुलमान बर्खास्तीबारे संसद्‍मा जवाफ दिन प्रधानमन्त्री ओली तयार

कुलमान बर्खास्तीबारे संसद्‍मा जवाफ दिन प्रधानमन्त्री ओली तयार

 |  शुक्रबार, चैत १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

vianetvianet

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १८ गते सदनमा सम्बोधन गर्ने भएका छन्। विपक्षी दलले निरन्तर सदन अवरोध गरेपछि प्रधानमन्त्री ओली सदनमा जवाफ दिन तयार भएका हुन्।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले विपक्षी दलले उठाएका विषयमा चैत १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराएको बताए।

विपक्षी दलको मागअनुसार प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराउँदा पनि शुक्रबार सदन खोल्न बिपक्षी तयार नभएको उनले बताए। आइतबारदेखिको बैठक भने चल्न दिने गरी सहमति भएको उनले जानकारी दिए।

कुलमान घिसिङलाई पदबाट हटाइएको विषयमा विपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै निरन्तर सदन अवरुद्ध गर्दै आएका छन्। प्रधानमन्त्री भने यसबारे संसद्लाई जवाफ दिनु नपर्ने अडानमा थिए।

प्रकाशित: Mar 28, 2025| 15:16 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्