मंगलबार, साउन १९, २०८३

तीनकुनेमा सशस्त्र प्रहरीको टाउको फुट्यो

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौंको तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ। प्रदर्शनकारीले गरेको आक्रमणमा परेर उनको टाउको फुटेको हो।

राजावादी समूहको प्रदर्शन उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ।

यसैबीच प्रदर्शनकारीले सुरक्षाकर्मीले बोकेको बन्दुक खोसेका छन्। नेपालको झण्डा बोकेका एक युवकले बन्दुक बोकेको फोटो सोसल मिडियामा आइरहेको छ।

राजावादीको प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेको छ।

तीनकुनेस्थित एक घरमा तोडफोड र आगजनी भएको छ। साथै प्रदर्शनकारीले केही ट्याक्सीमा पनि तोडफोड गरेका छन्।

प्रकाशित: Mar 28, 2025| 15:12 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्