मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • दुर्गा प्रसाईंको गाडीले निषेधित क्षेत्र तोड्न खोज्दा डिभाइडरमा ठोक्कियो

दुर्गा प्रसाईंको गाडीले निषेधित क्षेत्र तोड्न खोज्दा डिभाइडरमा ठोक्कियो

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं- राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईंको गाडीले निषेधित क्षेत्र तोड्न खोज्दा डिभाइडरमा ठोक्किएको छ।

उनैले चलाएको बागमती प्रदेश ०२७ च ३६४७ नम्बरको गाडीमा ठोक्किएको हो।

राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल पनि प्रयोग गरेको छ।

आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो। वाटर क्यानन पनि तयारी अवस्थामा राखेको छ।

यसअघि पनि उनीहरू बानेश्वरतर्फ जान खोजेपछि झडप भएको थियो। प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका थिए।

प्रकाशित: Mar 28, 2025| 13:51 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्