बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा केसीलाई पेल्दै सरकार, चिकित्सा शिक्षा विधेयक सदनमा पेश !

डा केसीलाई पेल्दै सरकार, चिकित्सा शिक्षा विधेयक सदनमा पेश !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- चिकित्सा शिक्षा विद्येयक माफियामुखि भएको भन्दै डा गोविन्द केसी आमरण अनसनमा बसिरहेका बेला सरकारले सोहि विद्येयक संसदमा पेश गर्ने भएको छ। 

आइतबार बस्ने संसद बैठकमा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले विद्येयक पेश गर्न लागेका हुन् । दिउँसो १२ बजे बस्ने बैठकमा विद्येयक पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

गएको बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले बहुमतका आधारमा विद्येयक पारित गरेको थियो । सो विद्येयको विरोध जनाउँदै डा केसीले बुधबारबाटै इलाममा अनशन सुरु गरेका थिए । 

आफूसँगको सहमति विपरितका प्रावधान राखेर चिकित्सा शिक्षा विधेयक तयार पारिएको भन्दै डाक्टर गोविन्द केसीले १६ औं अनसन बसिरहे पनि सरकारले विधेयक अघि बढाउने भएको हो । सरकार केसीको माग सम्बोधन गर्ने भन्दा उनलाई थप चिड्याउने कसरत गरिरहेको भनेर चिकित्सकहरुले विरोध जनाउन सुरु गरेका छन् । 

आफैले गरेको सहमति लत्याएको भन्दै चिकित्सहरुले सरकारको आलोचना गरेका छन् । चिकित्सा शिक्षा पहुँच योग्य हुनुपर्ने, स्वास्थ्य सेवा सर्वसुलभ हुनु पर्ने भन्ने मागलाई समेत सरकारले वेवास्ता गर्नु खेदजनक भएको नेपाल चिकित्सक संघले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।