मंगलबार, साउन १९, २०८३

म्यानमारमा शक्तिशाली भूकम्प, छिमेकी देशसम्म धक्का महसुस

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं- म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको छ। यसको धक्का भारतदेखि थाइल्याण्डसम्म महसुस गरिएको छ।

भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार ११ बजेर ५० मिनेटमा भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा थियो। भूकम्पबाट हालसम्म कुनै क्षतिको समाचार आएको छैन।

प्रकाशित: Mar 28, 2025| 12:53 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्