मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सामाजिक सञ्जालमा भ्रामक सूचना पोस्ट गर्दा कानुनी झमेलामा परिएला

सामाजिक सञ्जालमा भ्रामक सूचना पोस्ट गर्दा कानुनी झमेलामा परिएला

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं- नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा भ्रामक सूचना फैलाउने र हिंसात्मक पोस्ट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

ब्यूरोले शुक्रबार विज्ञप्ति जारी गर्दै यस प्रकारका अभिव्यक्तिले समाजमा हिंसात्मक वातावरण सिर्जना गरी सामाजिक सद्भाव र देशको सुरक्षा व्यवस्थामा समेत गम्भीर असर पुर्‍याउन सक्ने भन्दै त्यस्ता गतिविधिलाई प्रोत्साहन नगर्न/नगराउन अनुरोध गरेको छ।

यस्ता गतिविधिसँग सम्बन्धित विषयवस्तुहरू सामाजिक सञ्जालमा सेयर नगर्न समेत ब्यूरोले भनेको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्दा कानुनी झमेलामा पर्न सक्ने भएकाले जिम्मेवार भएर प्रयोग गर्न समेत ब्यूरोले भनेको छ ।

 

प्रकाशित: Mar 28, 2025| 12:51 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्