मंगलबार, चैत २४, २०८२

लिभरपुलको जितमा सलाहको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । ब्राइटनको घरेलु मैदानामा भएको खेलमा लिभरपुलले घरेलु टोलीमाथी १-० गोल अन्तरले विजयी भएको हो ।

घरेलु टोलीलाई पराजित गर्न खेलको एक मात्र निर्णयक गोल मोहमद सलाहले गरे । उनले उत्तल गोल पेनाल्टीमार्फत गरेका थिए । पहिलो गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सालाहले पेनाल्टीमा गोल गरेका थिए । 

खेलको ५० औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई जित दिलाए । जितसँगै लिभरपुलले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । लिभरपुलले २२ खेलबाट ५७ अंक जोडेको छ । 

दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५० अंक छ । सिटीले एक खेल कम खेलेको छ । २६ अंकसहित ब्राइटन १३ औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।