मंगलबार, साउन १९, २०८३

गणतन्त्रवादीको जुलुसमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं- गणतन्त्रवादीको जुलुस काठमाडौंका विभिन्न ठाउँबाट सुरु भएको छ। जुलुस प्रदर्शनीमार्गमा पुगेर आमसभामा परिणत भएको छ।

जुलुसमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ। उनीहरूले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको तस्बिरअंकित प्लेकार्ड समेत प्रदर्शन गरेका छन्।

गणतन्त्रवादीको प्रदर्शन भनिए पनि यसमा एमाले र कांग्रेस भने सहभागी छैनन्।

प्रकाशित: Mar 28, 2025| 12:26 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्