सोमबार, चैत १८, २०८१

बुल्गेरिया पठाइदिन्छु भनेर दुई लाख ठग्ने पक्राउ

 |  शुक्रबार, चैत १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

vianetvianet
triton college

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-९ बस्ने झापा बिर्तामोड नगरपालिका-४ घर भएका ५७ वर्षीया आशा परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

आशाले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कीर्तिपुर नगरपालिका-९ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित: Mar 28, 2025| 12:13 शुक्रबार, चैत १५, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्