बुधबार, पुस ९, २०८२

हराएको १५ दिनपछि किशोरीको शव गाडिएको फेला

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

National life
Laxmi sunrise bank
kumari

इलाम- इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ । फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा आज फेला परेको हो । शव उत्खनन गर्ने कार्य भइरहेको उनले बताए। शव उत्खनन गरेपछि कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने सूचना अधिकारी राईले बताए । प्रहरीले उनका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ ।
 
देउमाई नगरपालिका जितपुर माइत भएकी कट्टेल  महिला गएको अवस्थमा यही चैत १ गतेदेखि बेपत्ता थिइन् । हराएपछि उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा  उजुरी दिएका थिए ।

 

प्रकाशित: Mar 28, 2025| 11:38 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्