मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • तुलसीपुरबाट तीर्थयात्रा गएको गाडी दुर्घटना, चार जनाको मृत्यु

तुलसीपुरबाट तीर्थयात्रा गएको गाडी दुर्घटना, चार जनाको मृत्यु

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

दाङको तुलसीपुरबाट भारत तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको गाडी भारतको बहराइचमा दुर्घटना भएको हो।

तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजी ३७ वर्षीय युवराज चापागाईंसहित चार जनाको मृत्यु भएको छ।

दुर्घटनामा तुलसीपुर–७ की ८० वर्षीय वृद्धाको पनि मृत्यु भएको छ। अरू दुई जनाको नाम खुलेको छैन।

गाडीमा नौ जना सवार रहेको र अरू घाइते भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 28, 2025| 11:22 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्