रुपन्देही- रुपन्देहीमा शनिबार राति गोली चलेको छ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका- १० शंकरपुरमा शनिबार राति प्रहरीको जवाफी कारबाहीमा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा भारतीय नम्बरको मोटरसाइकलमा सवारी ३२ वर्षीय युवक रहेका छन्। उनको सनाखत हुन बाँकी छ।
भन्सार चोरी निकासी नियन्त्रणको लागि सादा पोसाकमा खटिएका प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनाले गोली प्रहार गरेका थिए। त्यसको जवाफी कारबाहीमा ती युवकको ज्यान गएको प्रहरीले जनाएको छ।
चेकजाँचका लागि रोक्ने क्रममा प्रहरीलाई लक्षित गरी मोटरसाइकलमा सवार दुई जनाले गोली प्रहार गरेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले बताए। पाखुरामा गोली लागेर एक जना प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन्। प्रहरीको मोटरसाइकलको हेडलाइटसमेत फुटेको प्रहरी उपरीक्षक थापाले बताए।
मोटरसाइकलसहित फरार रहेका अर्का एकजनाको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४