बुधबार, पुस ९, २०८२

कुलमान र हितेन्द्र दुवैको पेसी आज

 |  शुक्रबार, चैत १५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सरकारले पदमुक्त गरेका कार्यकारी निर्देशक कुलमान घिसिङको पेसी शुक्रबारको लागि तोकिएको छ। 

National life

सर्वोच्च अदालतले बिहीबार दुवैको रिट दर्ता गर्दै शुक्रबारको लागि पेसी तोकेको हो। 

घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै बुधबार पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्चले दर्ता गरेको थियो। सरकारको निर्णय बदर गरी कार्यकारी निर्देशकमा पुनस्र्थापना गर्नुपर्ने उनको माग छ।

शाक्यले भने करिब चार वर्ष पहिलेदेखि अदालततमा रहेको आफ्नो मुद्दा टुंग्याउन निवेदन दिएका छन्। तत्कालिन सरकारले गैरकानुनी रुपमा सरुवा गरेको र त्यो अवधिको सेवासुविधा उपलब्ध गराउन उनले माग गरेका छन्।   
 

प्रकाशित: Mar 28, 2025| 07:34 शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्