मंगलबार, साउन १९, २०८३

राति बिजुली दिन भारत सहमत, लोडसेडिङ नहुने 

 |  बिहीबार, चैत १४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १४, २०८१

काठमाडौं– नेपाललाई भारतले रातको समयमा ६ सय मेगावाट विद्युत उपलब्ध गराउन सहमति जनाएको छ । 

अहिले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र विद्युत उपलब्ध गराइरहेकोमा यसबाहेक राति थप ४ घण्टा उपलब्ध गराउन भारत सहमत भएको ऊर्जा मन्त्रालयले जनाएको छ। 

ऊर्जामन्त्रीको सचिवालयका अनुसार बेलुका ११ बजेपछि बिहान ४ बजेसम्मको अवधिमा इण्डियन इनर्जी एक्सजेञ्जमार्फत ६ सय मेगावाट विद्युत दिन स्वीकृति मिलेको हो। पिक आवर (साँझ ५ देखि १० बजे) विद्युत प्राप्त नभए पनि यसले पिक आवरलाई सहयोग पुग्ने मन्त्रालयले जनाएको छ। राति पिकिङ आयोजनामा पानी जम्मा गरेर पिक आवरमा चलाउने प्राधिकरणको योजना छ।  

हाल भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत उपलब्ध गराउँदै आएको छ। ऊर्जामन्त्री दीपक खड्काको अनुरोध र परराष्ट्रमन्त्री आरजु राणाको कूटनीतिक पहलपछि भारतले थप विद्युत दिने सहमति जनाएको हो। 

नेपालमा सुख्खा याममा हुने विद्युत समस्याको समाधानका लागि भारत सरकारसँग थप विद्युत माग गरेकोमा भारतले सहमति जनाएर विद्युत उपलब्ध गराउनु सबैका लागि खुसीको कुरा भएको मन्त्री खड्काले बताए । ‘नेपाली जनतालाई २४ सै घण्टा विद्युत दिन सरकार प्रतिवद्ध छ। लोडसेडिङ हुने हल्लामात्र हो, हल्लाको पछि कोही पनि नलागौं,’ उनले भने।

प्रकाशित: Mar 27, 2025| 20:33 बिहीबार, चैत १४, २०८१
प्रतिक्रिया दिनुहोस्