मंगलबार, चैत २४, २०८२

युभेन्ट्स कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इटालीयन क्लब युभेन्ट्स कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा बोलोग्नालाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स क्वाटरफाइनलमा पुगेको हो ।

युभेन्ट्सको जितका लागि फेड्रिको बेर्नाडेस्ची र मोइस कानले एक एक गोल गरे । उक्त खेलमा क्रिस्टियानो रोनाल्डो र पाउल डिबालालाई बेन्चमा राखेको थियो । खेलको नवौं मिनेटमा बेर्नाडेस्चीले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । 

त्यसपछि खेलको ४९ औं मिनेटमा कानले गोल गर्दै युभेन्ट्स जित पक्का गरे । दोस्रो हाफमा रोनाल्डो र डिबला मैदान प्रवेश गरेपनि थप गोल हुन भने सकेन । 

रोनाल्डो ६२ औं मिनेटमा मैदान प्रवेश गरेका थिए भने डिबाला ७७ औं मिनेटमा मैदान प्रवेश गरे । यस्तै अन्य खेलमा एसी मिलान साम्पडोरियालाई अतिरिक्त समयमा २-० ले पराजित गरेको छ भने लाजियोले नोभारालाई ४-१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।