मंगलबार, साउन १९, २०८३

अमेरिकी नागरिकले राजसंस्थाको पक्षमा नारा लगाएपछि...

 |  बिहीबार, चैत १४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १४, २०८१

काठमाडौं- आन्दोलनमा उत्रने एक अमेरिकी नागरिक पक्राउ परेका छन्। माइतीघरमा केही नेपाली नागरिकहरूसहित राजसंस्थाका पक्षमा नारा लगाइरहेका बेला अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई प्रहरीले पक्राउ गरेको हो। 

उनी नेपालमा भने आफूलाई 'जयानन्द कृपा' का रूपमा चिनाउँथे। उनलाई प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो।

राजनीतिक विषयमा समेत विरोध जनाई आक्रामक भएपछि उनलाई नियन्त्रणमा लिइएको हो। ब्लिस ‘कृपया शुद्ध शाकाहारी भोजन खानुहोस्, प्लास्टिक जलाउने र फ्याँक्ने कार्य अपराध हो। त्यसैले सधैं प्लास्टिकलाई अस्वीकार गर्न बोतल र कन्टेनर प्रयोग गर्नुहोस्’लेखिएका ब्यानरसहित माइतीघरमा माइकिङ गर्दै बसेका थिए। एक्कासि उनले राजसंस्थाका बारेमा नारा लगाउँदै सरकारको विरोध गरेका थिए।

उनले 'भ्रष्ट सरकार खारेज गरौँ' लेखिएको प्लेकार्डसमेत बोकेका थिए। ब्लिसले 'टेन मिलियन काउज' नामक अभियानसमेत चलाउँदै आएका छन्।

पक्राउ परेका ब्लिसलाई अध्यागमन विभागमा बुझाउने तयारी प्रहरीले गरेको छ।

प्रकाशित: Mar 27, 2025| 18:08 बिहीबार, चैत १४, २०८१
प्रतिक्रिया दिनुहोस्