बुधबार, साउन १३, २०८३

पीएसजीको जितमा काभानी र एमबाप्पेको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- शनिबार राति भएको लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । एमियन्सको घरेलु मैदानमा पीएसजीले ३-० को सहज जित निकालेको हो ।

पीएसजीको जितका लागि एडिसन काभानी, केलियन एमबाप्पे र माक्युनोसले एक एक गोल गरे ।   नेयमार अनुपस्थित रहेको खेलमा ईडिन्सन काभानी र केलियन एम्बाप्पेले उत्कृष्ट प्रर्दशन गरे । 

पहिलो हाफमा गोल रहित बराबरी खेलको खेलको दोस्रो हाफमा पीएसजीले सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफमा पीएसजीले तीन गोल गर्यो । खेलको ५७ औं मिनेटमा काभानीले पेनाल्टीमार्फत गोल गर्दै गोलीलाई सुरुवाती अग्रता दिलाए । 

त्यसपछि ७० औं मिनेटमा युवा स्टार एम्बाप्पेले गोल गर्दै टोलीको अग्रता २-० को पारे । त्यसको नौं मिनेट नबित्दै मार्क्युनोसले गोल गर्दै पीएसजीलको जित सुनिश्चित गरे । शीर्ष स्थानको पीएसजीले १८ खेलबाट ५० अंक जोड्यो । उसले दोस्रो स्थानमा लिलीसँग १३ अंकको अग्रता बनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।