मंगलबार, साउन १९, २०८३

सरकारविरुद्ध कुलमानको रिट दर्ता, शुक्रबार पेसी

 |  बिहीबार, चैत १४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १४, २०८१

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले सरकारविरुद्ध रिट दायर गरेका छन्। कुलमान आफूलाई पुन: कार्यकारी निर्देशकमा फिर्ता गर्नु पर्ने माग गर्दै बुधबार अदालतमा गएका थिए तर समय अपुगका कारण रिट दर्ता भएको थिएन।

रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने माग गरेका छन् ।

सर्वोच्च अदालतका सूचना अधिकारीका अनुसार उक्त रिटको पेसी भोलि शुक्रबार तोकिएको छ।  

प्रकाशित: Mar 27, 2025| 13:46 बिहीबार, चैत १४, २०८१
प्रतिक्रिया दिनुहोस्