NadaNada
आइतबार, भदौ १, २०८२

मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्स्योट

 |  बिहीबार, चैत १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १४, २०८१

vianetvianet

मुस्ताङ- हिमाली जिल्ला मुस्ताङ अदालतमा चालु आव २०८१/८२ को नौ महिना अवधिमा ६६ दशमलव ६६ प्रतिशत मुद्दा फर्स्योट भएको छ। गत आर्थिक वर्षबाट चालु वर्षमा जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका कूल ३३ थान मुद्दामध्ये २२ थान मुद्दा जिल्ला अदालत मुस्ताङबाट फर्स्याेट भएको हो।

मुस्ताङ जिल्ला अदालतका श्रेस्तेदार दिव्यराज घिमिरेका अनुसार गत वर्ष जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका देवानी मुद्दा १७ थानमध्ये १५ थान देवानी मुद्दा मुस्ताङ अदालतबाट फर्स्योट भएको हो। यस्तै, गत वर्ष र चालु वर्षका कूल १६ थान फौजदारी मुद्दामध्ये सात थान मुद्दा अदालतबाट फर्स्योट भइसकेको अदालतका श्रेस्तेदार घिमिरेले जानकारी दिए।

उनका अनुसार मुस्ताङ अदालतमा देवानीतर्फ दुई थान र फौजदारी मुद्दातर्फ नौ थान गरी कूल ११ थान मुद्दा फर्छ्योट हुन बाँकी छ। मुस्ताङ जिल्ला अदालतबाट गत आवमा दर्ज भएका देवानीतर्फका दुई थान मुद्दामध्ये दुई वटै फर्स्योट भएका छन्। गत वर्षदेखि चालु वर्ष जिम्मेवारी सरेको अंशसम्बन्धी एक र सम्बन्ध विच्छेद एक गरी दुई थान मुद्दा यस वर्ष फर्छ्योट भएको अदालतका श्रेस्तेदार घिमिरेले बताए।

यसैगरी गत वर्ष दर्ता भएका आठ थान फौजदारी मुद्दामध्ये चार थान मुद्दा चालुवर्ष फर्छ्योट भएको र बाँकी चार थान मुद्दा फर्स्याेट हुन नसकी चालु वर्षमा जिम्मेवारी सरेको अदालतका श्रेस्तेदार घिमिरेको भनाइ छ। मुस्ताङ जिल्ला अदालतमा चालु आवमा देवानीतर्फ १५ थान मुद्दा दर्ता भएका छन्। जसमध्ये १३ थान देवानी मुद्दा फर्स्योट भएको छ। दुई थान मुद्दा फर्स्योट हुन बाँकी छ।

चालु वर्ष दर्ता भएका देवानी मुद्दातर्फ सबैभन्दा बढी सम्बन्ध विच्छेदका १३ थान मुद्दा रहेकामा शतप्रतिशत मिलापत्रमार्फत फर्स्योट भएको अदालतका श्रेस्तेदार घिमिरेले जानकारी दिए। मुस्ताङ अदालतबाट कूल १५ थान देवानी मुद्दामध्ये नाता कायम र अंश लेनदेनसम्बन्धी मुद्दा अदालतबाट फर्स्योट हुन बाँकी छ।

Metro Mart

अदालतका श्रेस्तेदार घिमिरेका अनुसार देवानीतर्फको नाता कायमसम्बन्धी मुद्दा अदालतबाट मेलमिलाप कक्षमा पठाइएको छ। चालु आवमा आठ थान फौजदारी मुद्दामध्ये तीन थान फौजदारी मुद्दा अदालतबाट फर्स्योट भइसकेको श्रेस्तेदार घिमिरेले उल्लेख गरे।

चालु आवको हालसम्म सवार ज्यान मुद्दा दुई थान र चोरी कसूर एक थान गरी तीन थान मुद्दा फर्छ्योट भएको श्रेस्तेदार घिमिरेले बताए। उनका अनुसार मुस्ताङ अदालतमा आत्महत्या दुरूत्साहन एक, सवारी ज्यान दुई ,चोरी एक र जबर्जस्ती करणी एक गरी पाँच थान मुद्दा फर्स्योट हुन बाँकी छ। फौजदारीतर्फ एक जना पूर्पक्ष थुनुवा, एक जना धरौटी बुझाउन नसकी थुनुवा र दुई जना तारिखमा रिहा भएका छन्।


 

प्रकाशित: Mar 27, 2025| 08:15 बिहीबार, चैत १४, २०८१
प्रतिक्रिया दिनुहोस्