काठमाडौं- हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार साँझ ७:४४ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।
आजै साँझ नेपालको उत्तरपूर्वी सीमानजिकै सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो।