मंगलबार, वैशाख ९, २०८२

अर्घाखाँचीमा बस दुर्घटना, तीन जनाको मृत्यु

 |  बुधबार, चैत १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

vianetvianet
triton college
National life insurance

अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । प्रहरी निरीक्षक पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाउँदै उद्धार कार्य पनि भइरहेको बताए।
 

प्रकाशित: Mar 26, 2025| 19:28 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्