बुधबार, पुस ९, २०८२

बाउले चलाएको ट्रकले किचेर छोरीको मृत्यु

 |  बुधबार, चैत १३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

काभ्रेको बनेपास्थित नालामा बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु भएको छ। 

National life

बनेपा नगरपालिका-४ नालामा बा ४ ख ८५९२ नम्बरको ट्रकले किच्दा ४ वर्षीया समीक्षा बरालको मृत्यु भएको प्रहरीले जनाएको छ। 

डिपोबाट ट्रक ब्याक गर्दा उनका बाबू सरोजले ट्रक चलाइरहेका थिए। सिन्धुली गोलन्जोर गाउँपालिका-१ का बराल परिवारसहित नालास्थित डिपोमा बस्दै आएका थिए।

स्थानीय शुभकामना सप्लायर्स बालुवा डिपोमा बस्दै आएका बरालले ब्याक गर्ने क्रममा ट्रकले छोरीलाई किचेको थियो। उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 26, 2025| 18:45 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्