चितवन- गत वर्षको तुलनामा यो वर्ष चितवनमा क्षयरोगीको संख्या बढेको पाइएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा जिल्लामा भेटिएका पाँच सय आठ जना क्षयरोगीमध्ये दुई सय ८९ जना भरतपुर महानगरका छन्।
रत्ननगर नगरपालिकाका ६१, खैरहनी नगरपालिकाका ४१, कालिका नगरपालिकाका ३६, राप्ती नगरपालिकाका ५३, माडी नगरपालिकाका १७ र इच्छाकामना गाउँपालिकाका ११ जनामा क्षयरोगको सङ्क्रमण देखिएको हो। उनीहरूमध्ये ७१ जना पुरानामा पुनः यो रोग देखिएको छ। यो रोग जिल्लामा गत आवमा एक हजार एक सय ३९ जनामा देखिएको थियो। एक सय ६१ जना पुराना बिरामी हुन् भने अन्य नयाँ बिरामी रहेको उनले बताए।
गत आर्थिक वर्षमा भेटिएका बिरामीमध्ये छ सय नौ जना भरतपुर महानगरपालिकाका थिए। यसैगरी, रत्न नगरका एक सय पाँच, खैरहनीका १०३, कालिकाका ९६, राप्तीका एक सय २५, माडीका ५७ र इच्छा कामनाका ४४ जना रहेका थिए।