बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कुलमान हटाइएको विरोधमा आज पनि प्रदर्शन, संसद्‍का दुवै सदन अवरुद्ध

कुलमान हटाइएको विरोधमा आज पनि प्रदर्शन, संसद्‍का दुवै सदन अवरुद्ध

 |  बुधबार, चैत १३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

काठमाडौं- सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा चौतर्फी विरोध भइरहेको छ।

National life

प्रतिपक्षी दलमात्र नभई सत्तारुढ दलका नेताहरुले समेत कुलमानलाई हटाउने निर्णयको विरोध गरिरहेका छन्।

कुलमान हटाएको विरोधमा सरकारविरुद्ध आज पनि रत्नपार्कस्थित प्राधिकरणको कार्यालय अगाडि विभिन्न समूहले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा घिसिङका समर्थक र प्रहरीबीच घम्साघम्सी समेत भएको छ।

उता यही विषयलाई लिएर संसद्‍को दुवै सदन अवरुद्ध भए। प्रतिपक्षीको अवरोधपछि दुवै बैठक स्थगित भएका छन्।

घिसिङलाई हटाएकोमा हिजो मंगलबार दिनभर सडकमा विरोध प्रदर्शन भएको थियो। यस्तै, समाजिक सञ्जालमा पनि आक्रोश पोखिएको छ।

Shivam cement

हिजो दिनभर माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्म यातायात सञ्चालनमा आंशिक अवरोध गरेर नागरिक स्तरमा विरोध भएको थियो। विरोधमा सहभागीहरुले सरकारको चर्को विरोध गर्दै ‘अन्धकार होइन, उज्यालो चाहिन्छ’, ‘हामी हेरेको हेर्‍यै, सरकार जान्ने भो धेरै’, ‘कुलमान हटाउने मन्त्रिपरिषद्को निर्णय खारेज गर’ जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

मंगलबार बिहानै उपत्यकाका क्याम्पसमा युवा विद्यार्थीहरुले घिसिङ हटाएकोमा विरोध प्रदर्शन गरेका थिए। सुरक्षा संवेदनशिलतालाई हेरेर सरकारले विद्युत प्राधिकरण परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको थियो।

 

प्रकाशित: Mar 26, 2025| 15:56 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्