मंगलबार, साउन १९, २०८३

एसईई दिएर फर्केकी किशोरीले गरिन् आत्महत्या

 |  बुधबार, चैत १३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक किशोरीले आत्महत्या गरेकी छन्। 

केदारस्यूँ गाउँपालिका–१ रायलकी १७ वर्षीया छोरी आकांक्षा मल्लले मंगलबार बेलुका आफ्नै घरको कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन्।

उनी शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी छोरी हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार मल्ल मंगलबार अनिवार्य विज्ञान विषयको परीक्षा दिएर घर फर्केकी थिइन्। बेलुका उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। घटनास्थलमा सुसाइट नोट फेला परेको प्रहरीले जनाएको छ। त्यसमा अरु कसैको कारणले नभई आफ्नै कारणले आत्महत्या रोजेको लेखिएको छ।

परीक्षा बिग्रेका कारण मल्लले आत्महत्या रोजेको हुन सक्ने प्रहरीको अनुमान छ। उनी केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा अध्ययनरत थिइन्। उनका बुबा सोही विद्यालयका शिक्षक हुन्।

 

प्रकाशित: Mar 26, 2025| 14:02 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्