बुधबार, पुस ९, २०८२

ओलाङचुंगोलामा सुक्खा बन्दरगाह निर्माण गर्न स्थानीयको माग

 |  बुधबार, चैत १३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

ताप्लेजुङ- नेपाल-चीन व्यापार प्रवर्द्धनका लागि सुक्खा बन्दरगाह निर्माण गर्न ओलाङचुंगोलाका स्थानीयले माग गरेका छन्।

National life

फक्ताङलुङ गाउँपालिका-७ वडाध्यक्ष छेतेन लामाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न आग्रह गरेका हुन्।

ओलाङचुंगोलाका मवाटार क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल इन्टरमोडल यातायात विकास समितिले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उक्त परियोजना समावेश गर्न आग्रह गरेको छ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलद्वारा पठाइएको पत्रमा व्यापारजन्य पूर्वाधार विकास गर्दै मुलुकको आर्थिक गतिविधि प्रवर्द्धन गर्न सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीजस्ता संरचनाको विकास आवश्यक रहेको उल्लेख गरिएको छ।

ओलाङचुंगोला हुँदै चीनको तिब्बत स्वशासित क्षेत्र जोड्ने सडक निर्माण भइसकेको र उत्तर-दक्षिण व्यापारिक मार्गका रूपमा सबैभन्दा छोटो दुरीको सडक भएकाले सो क्षेत्रलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्न सकिने समितिको निष्कर्ष छ।

Laxmi sunrise bank
kumari

नेपाल इन्टरमोडल यातायात विकास समितिले सन् २०७८/७९ मा सो नाकाको पूर्वसम्भाव्यता अध्ययन पूरा गरी प्राप्त प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको जनाएको छ। फक्ताङलुङ गाउँपालिका-७ कार्यालयले आवश्यक जग्गा उपलब्ध रहेको जानकारी दिँदै सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि अनुरोध गरेको छ।

समितिले सकारको आगामी वर्षको नीति तथा कार्यक्रममा ओलाङचुंगोलामा सुक्खा बन्दरगाह निर्माण परियोजना समावेशका साथै त्यसनिम्ति बजेट विनियोजन गर्न आग्रह पनि गरेको छ। रासस

प्रकाशित: Mar 26, 2025| 14:00 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्