बुधबार, पुस ९, २०८२

पाँच घण्टादेखि जलिरहेको छ सेन्ट्रल प्लाजा

 |  बुधबार, चैत १३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

सुनसरीको इटहरी चोकबाट करिब दुई सय मिटर पूर्वमा रहेको ९ तले भवन सेन्ट्रल प्लाजामा आगलागी भएको छ। आज बिहानदेखि भएको आगलागी दिउँसोसम्म पनि नियन्त्रणमा आएको छैन।

National life

यो भवनको छैटौं तलाभन्दा माथि होटल बरण्डा सञ्चालनमा छ। छैटौं तलामा होटलको रेष्टुराँ र किचन छ भने भने सातौं, आठौं तलामा होटलका कोठा छन्।

होटलको अफिस भने पाँचौं तलामा छ। यही तलाबाट बुधबार आगलागी सुरू भएको थियो।

आगलागी भएको सेन्ट्रल प्लाजाबाट ११ जनाको उद्धार भएको छ।

नेपाली सेनाको हेलिकप्टर पनि घटनास्थल पुगेर फर्केको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका ३२२ जनाको टोली खटिएका छन्।

Laxmi sunrise bank
kumari

विभिन्न पालिकाका १२ वटा दमकल पनि घटनास्थलमा छन्। नौ तलाको यो भवनमा क्युएफएक्स सिनेमा हल, सनराइज बैंक, क्याफे, मोबाइल सर्भिस सेन्टर, पसलहरू पनि छन्।

 

प्रकाशित: Mar 26, 2025| 13:44 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्