बुधबार, पुस ९, २०८२

कुलमान बर्खास्तीको विरोधमा संसद् अवरुद्ध

 |  बुधबार, चैत १३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

काठमाडौं- सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गरेका छन्।

National life

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा विरोध गरेका हुन्।

बुधबारको बैठक सुरू हुनेबित्तिकै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसद उठेर विरोध गरेका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिए। उनले घिसिङलाई हटाउने निर्णय भएकोमा विरोध गर्दै यसबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नसक्ने भनेपछि विपक्षी सांसदहरु सबै उठेका थिए।

प्रकाशित: Mar 26, 2025| 11:43 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्