मंगलबार, साउन १९, २०८३

विपक्षीले अवरोध गर्ने भनेपछि संसद् बैठक बस्न ढिलाइ

 |  बुधबार, चैत १३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

काठमाडौं- प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ। आज बिहान ११ बजेका लागि तय भएको बैठक २० मिनेट बित्दा पनि सुरु भएको छैन।

सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गर्ने भएपछि बैठक बस्न ढिलाइ भएको हो।

सिंहदरबारमा बुधबार बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको हो।

प्रकाशित: Mar 26, 2025| 11:20 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्