बुधबार, साउन १३, २०८३

स्थानीय मुद्दालाई मिडियाले प्राथमिकता दिनुपर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा –  स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर मिडियाले उठान गर्नुपर्ने एक कार्क्रमका सहभागिले जोड दिएकाछन्। 

लुमिबनी प्रेस क्लबको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारिले गाउँटोलका विषयबस्तुलाई स्थानीय मिडियाले प्राथमिकता दिनुपर्ने बताए।  अधिकारीले लुम्बिनी प्रेस क्लबको कोष बृद्धि अपरिहार्य रहेको बताए। जसको लागि आफ्नो तर्फबाट सधै सहयोग रहने प्रतिवद्धता जनाए।

भैरहवाको पत्रकारितासँग समग्र विकासको आधार जोडिने भन्दै सकारात्मक र सुझात्मक समाचार संप्रेसणमा जोड दिए।  सो अपसरमा अग्रज पत्रकार  नारायण सापकोटाले स्थानीय मिडियाले स्थानीय विषयलाई महत्व दिनुपर्ने बताए। क्लबका सल्लहकार चेतन पन्त,   निर्वाचन प्रमुख कुलमणी ज्ञवाली, शिक्षाविद विएन शर्मा,  नेपाल पत्रकार महासंघका सहसचिब कमल रायमाझि, सुन्दर बासिलगायतले शुभकामना मन्तव्य दिँदै समृद्धि र शान्तिको लागि पत्रकारको भूमिका सकारात्मक हुनुपर्ने बताए। कार्यक्रममा अवसरमा क्लबले प्रकाशन गरेको लुम्बिनी प्रेस बुलेटिनको विमोचन समेत गरिएको थियो।

 यसैबीच अधिवेसनले दिपेश पछाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा नरेश केसी, महासचिवमा सम्झना शर्मा, सचिवमा माधव न्यौपाने, कोषाध्यक्षमा दिपक घिमिरे सर्वसम्मत चयन भएका छन्। सदस्यमा सदस्यमा शंकर पाण्डे, सलमान खान, प्रकाश न्यौपाने, पशुपति यादव, विवेक विश्वकर्मा, रविन्द्र गुप्ता चयन भएका छन्।

अधिवेशनले विभिन्न समितिका संयोजक तथा सदस्य समेत निर्विरोध निर्वाचित गरेको छ। जस अन्तर्गत अनुशासन समितिको संयोजकमा दिपेन्द्र बडुवाल, लेखा समिति संयोजकमा रोधेश्याम विश्वकर्मा, तालिम समितिमा पुनहरि वेल्वासे चयन भएका छन्। अनुशासित समितिको सदस्यमा विन्दु कुमार चौहान, उषा सिंह चयन भएका छन्। यस्तै लेखा समिति सदस्यमा शम्भु पन्त, विष्णु भट्टराई र तालिम समिति सदस्यमा शशि पन्थी, राज कुमार धवल चयन भएको निर्वाचन समिति प्रमुख कुलमणि ज्ञवालिले बताए। 

नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शनिबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गराइने निर्वाचन अधिकृत प्रख्यात बन्जाडेले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।