मंगलबार, साउन १९, २०८३

पदभार ग्रहण गरेपछि हितेन्द्रदेवले भने- लोडसेडिङ हुँदैन

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार सम्हालेका छन्। 

शाक्यले आज प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पुगेर कार्यभार सम्हालेका हुन्।

कुलमान घिसिङलाई बर्खास्त गर्दै सरकारले उनलाई हिजो दोस्रो पटकका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। सरकारको पत्र प्राप्त भएपछि उनले आज प्राधिकरण केन्द्रीय कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन् ।

आफूले अगाडि गर्न खोजेका कामहरू अब पूरा गर्ने उनले बताए। उनले प्राधिकरणको नेतृत्वको लागि ठूलो चुनौती भएको र यो चुनौती पूरा गर्न आफू तयार रहेको बताए। 

लोडसेडिङको विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले लोडसेडिङ नहुने बताए। अब पर्याप्त बिजुली उपलब्ध हुने उनले जनाए।

डेडिकेटेड तथा ट्रंकलाइन विवाद कसरी समाधान गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले अर्धन्यायिक निकायबाट त्यसको समाधान आइसकेको र कार्यान्वयन गर्न मात्र बाँकी रहेको बताए।

प्रकाशित: Mar 25, 2025| 20:08 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्